कूटनीति

चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

इकागज |
असोज १४, २०७८ बिहीबार २०:६ बजे

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  फ्रान्स, जर्मनी, नर्वे र इजिप्टका राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि फ्रान्सका जिल बुरबाओले, इजिप्टका नोहा हम्दी अहमद एलगेब्ली, जर्मनी, डा थाँमस हाइनरिस प्रिन्ज र नर्वे तोरुन ड्रामदालले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । 

सबै राजदूतहरुले उक्त अवसरमा दुई पक्षीय हितका विषयमा राष्ट्रपतिसँग छुट्टा छुट्टै भेटवार्ता पनि गरेका थिए । उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, परराष्ट्र सचिव भरतराज पौड्याल तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । 



Author

थप समाचार
x