राजनीतिक रूपमा स्थिर एवं बलियो नेपाल नै भारतीय चाहना
नेपालसँग निकटतम सहकार्य हुन्छ : बीजेपी नेताहरू
तुइन प्रकरण, नोटबन्दी, सीमा समस्यालगायतका विषय उठाएका छौँ : कांग्रेस प्रतिनिधि मण्डल
काठमाडौँ - भारतीय राजनीतिक दलका नेता तथा मन्त्रिमण्डलका सदस्यहरूले नेपालसँग भारतको निकटतम सहकार्य रहेको र नेपाल राजनीतिक रूपमा स्थिर एवं बलियो भएको हेर्ने भारतको चाहना रहेको बताएका छन् । वर्तमान सरकारसँग भारतले नजिक रहेर सहकार्य गर्नेसमेत स्पष्ट पार्दै भनेको छ, ‘दुई मुलुकबीच रहेका असहमतिहरू वार्ताको आधारमा समाधान गरेर सहकार्य अघि बढाउन आवश्यक छ । यसमा भारत सकारात्क छ ।’
भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका प्रतिनिधि मण्डलसँग भारतीय नेताहरूले यस्ता धारणा व्यक्त गरेका नेपाली प्रतिनिधि मण्डलका सदस्कोयहरूले बताएका छन् । राजनीतिक भेटवार्ता सकेर बनारस पुगेको प्रतिनिधि मण्डल सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)को निमन्त्रणामा त्यसतर्फ गएको थियो । बीजेपी विदेश विभाग इन्चार्ज विजय चौथाइवालेको जनै पुर्णेको दिन भएको नेपाल भ्रमणको रिर्टन भ्रमण हो यो ।
चौथाईवालेको निमन्त्रणामा गएको टोली यतिबेला धार्मिक यात्रामा बनारस पुगेको छ । महत नेतृत्वको टोली शनिबार उत्तरप्रदेशको लखनउ पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेर त्यहाँबाट बनारसतर्फ लागेको हो । टोलीले बिहीबार दिल्ली पुगेर बीजेपी अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो । त्यहीबाट राजनीतिक भेटवार्ता सुरु भएको हो ।
भ्रमण दलका सदस्य एवं कांग्रेस नेता उदयशमशेर राणाले भ्रमण निकै उपलब्धी मुलुक र सवल रहेको बताए । ‘यो भ्रमण ट्र्याक टू डिप्लोमेसीलाई अघि बढाउनको लागि तय भएको थियो । त्यो काम भएको छ । नेपाल र भारतबीच रहेका समग्र विषयमा दलगत रूपमा छलफल भएको छ,’ राणाले बनारसबाट टेलिफोनमा भने, ‘हामीले छिमेकसँगको सम्बन्ध विस्तारमा सबै तहको सहकार्य गराउन सक्नुपर्छ । पूर्वसेना, प्रहरी वा कर्मचारी तन्त्रका उच्चाधिकारीहरूले पनि सहकार्य गर्न आवश्यक छ ।’
साना तिना घटनाहरूलाई ठूलो रूप दिन नपाउँदै आफसी समझदारीमा सम्पन्न गराउन आवश्यक हुन्छ, उनले भने । त्यसका लगि यस्तो प्रकारको भ्रमण आवश्यक छ । राजनीतिक दलको तहमा भ्रमण भए पनि विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटमा नेपाल र भारतबीच रहेको सबै विषयमा कुराकानी भएको पनि बताए । तुइन घटना देखि नोट बन्दीसम्मको विषयमा कुराकानी भएको थियो ।
सीमामा देखिने समस्यालाई समाधान गर्न पनि सहकार्य अपरिहार्य रहेको धारणा दुवै पक्षको छ । भारतले पनि सीमा समस्या समाधान, आउजाउमा सहजिकरण एवं व्यवस्थित गर्ने, देखिने समस्याको तत्काल समाधान गर्ने जस्ता विषयमा चासो देखाएको छ ।
सीमा वार्ता गरेर समस्या समाधान गर्नपर्नेमा नेपाली पक्षले जोड दिएको भए पनि भारतीय पक्षले यसमा हुन्छ या हुँदैन केही उत्तर दिएको छैन । यद्यपि यस्ता समस्याहरू राख्न नहुनेमा भारत स्पष्ट छ ।
तुइन घटनामा भारतीय पक्षले आफ्नो तर्फबाट छानबिन थालेको जानकारी पनि जयशंकरले नेपाली टोलीलाई दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिनपर्ने विषय उठाएकोमा जयशंकर सकारात्मक देखिएका हुन् ।
नोटबन्दी पछि नेपालमा थन्किएको भारतीय नोट लिन पर्नेमा टोलीले आग्रह गरेको र यसमा पनि सकारात्मक देखिएको भन्दै टोलीले तत्काल कोभिसिल्डको आपुर्ति गर्न पनि आग्रह गरेको जानकारी राणाले दिए । टोलीको नेतृत्व डा. महतले गरेका थिए भने राणा र अजय चौरासिया सहभागी थिए ।
भारततर्फबाट जयशंकरसँगै भाजपा विदेश विभाग इन्चार्ज चौथाइवाले र विदेश विभाग सदस्य आश्विन जोहरको उपस्थिति रहको थियो । जयशंकरसँग नेपाल सरकारले बारम्बार पठाएको कूटनीतिक नोटको जवाफ नआएको विषयमा पनि स्मरण गराएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया