कूटनीति

मन्त्री श्रेष्ठ र स्विस राजदूत केप्लरबीच शिष्‍टाचार भेट

इकागज |
कात्तिक ६, २०७८ शनिबार १५:६ बजे

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूतले शिष्टाचार भेट गरेकी छन् । शुक्रबार स्वीट्जरल्याण्डकी राजदुत इलिजावेथ भोन केप्लरले सिंहदरबार पुगेर मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेकी हुन । स्विजरल्याण्डले विदेशमा अलपत्र परेका  कामदारलाई स्वदेफि फिर्ता गर्न सहयोग गर्ने गरेको छ । 

भेटमा राजदुत केप्लरले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कामदारको हितमा काम गर्ने विश्वास व्यक्त गरेकी थिइन । उनले नेपाल–स्वीट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा स्विस सहयोग र साथ रहने पनि बताएकी थिइन् । 


मन्त्री श्रेष्ठले दुई देशबीच नजिकबाट सहकार्य हुँदै आएको बताउँदै सहकार्यमा आफ्नो जोड रहने बताएका थिए । राजदूत केप्लरले स्वीट्जरल्याण्ड र नेपालको सम्बन्ध राम्रो भएको बताउँदै सम्बन्धलाई अझ प्रगाढ बनाउन एक अर्कामा अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएकी थिइन । 


Author

थप समाचार
x