एनआरएनमा कु गर्न खोजेको आरोप
परराष्ट्रको हस्तक्षेपविरुद्ध एनआरएनए अध्यक्ष पन्त अदालत जाने, निर्वाचन प्रक्रिया नरोक्ने
काठमाडौँ – गैरआवासीय नेपाली संघ(एनआरएनए)ले निर्वाचन प्रक्रिया नरोक्ने भएको छ । अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयले एनआरएनएमा अस्वभाविक सक्रियता जनाउँदै हस्तक्षेप गरेको भन्दै निर्वाचन प्रक्रिया नरोक्ने बताएका हुन् । उनले परराष्ट्रको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने समेत बताए । मन्त्रालयले एनआरएनएमा कुर गर्न खोजेको समेत उनको आरोप छ ।
मन्त्रालयले अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, आइसीसी)को सन् २०१९ अक्टुबरमा निर्वाचित कार्यसमितिको दुई वर्षे कार्यकाल पूरा भैसकेकाले यसले वैधता समाप्त भएको भन्दै संक्रमणकालीन व्यवस्था गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको थियो । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट अहिले संघभित्र देखिएको विवाद समाधान गरी संस्थालाई अघि बढाउन संरक्षक परिषद्लाई जिम्मा लगाउन आग्रह गरेको छ ।
यो पनि
एनआरएनए कार्यसमिति निष्कृय, संरक्षक परिषद्लाई जिम्मा लगाउन परराष्ट्रको निर्देशन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया