कूटनीति

'माओवादी एमसीसीको विरोधी होइन'

इकागज |
पुस १०, २०७८ शनिबार १९:२३ बजे

फाइल तस्‍बिर

काठमाडाैं - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दातृ राष्ट्रको सहयोग लिने विषयमा माओवादीको कुनै असहमति नरहेको बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताभित्र रहेका विषयमा जनताले उठाएका चासोलाई निरुपण गर्नुपर्ने भन्दै उनले एमसीसीका विविध पक्ष केलाउन गठबन्धनले कार्यदल बनाएर अध्ययन थालेको बताए । माओवादीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । 


“माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडि बढ्नुपर्छ भनिएको हो”, उनले भने, “तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझावअनुसार नै अगाडि बढ्छ ।” यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसीसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्ने बताए ।

सत्ता गठबन्धनले एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको कार्यदल गठन गरेका छन् । कार्यदलले प्रारम्भिक छलफल थालेको छ । 


Author

थप समाचार
x