कूटनीति

बानेश्वरमा एमसीसीविरुद्ध नेमकिपाको प्रदर्शन (फाेटाे फिचर)

अनुज बज्राचार्य |
पुस १६, २०७८ शुक्रबार १५:२९ बजे

काठमाडाैँ -  नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले शुक्रबार काठमाडौंमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)विरुद्ध र्‍याली निकालेको छ ।

एमसीसी नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेमकिपाले विरोध र्‍याली निकालेको हो । 


एमसीसीसम्बन्धी सम्झौता संसद्‍बाट पारित नगर्न खबरदारी गर्दै नेमकिपाले संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन समेत गरेकाे हाे ।

पार्टीका कार्यकर्ताहरुले नयाँ बानेश्‍वरको तीनवटा चोकहरुमा पर्चा, पम्प्लेटसहित प्रदर्शन गरेका हुन् ।  


Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x