उत्तराखण्डका गभर्नरले गरे भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको भ्रमण
काठमाडौँ - भारतीय राज्य उत्तराखण्डका गभर्नर गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन् । सिंहले शनिबार नाबी र गुन्जीको भ्रमणा गरेको ट्विटमा उल्लेख गरेका छन् । उनले त्यहाँ पुगेर भारतीय सुरक्षाकर्मी र स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।
सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंसा गरेका छन् भने भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन्। ‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासिलाई भेट्न पाउँदा उत्साहित भएको छु’, उनले ट्विटमा लेखेका छन् ।
Deep Pleasure to go to the farthest village and farthest post of @BROindia at Gunji on First Day of The Year. BRO is undoubtedly doing a Great Job in infrastructure development of Border areas.
— LT GENERAL GURMIT SINGH (Retd) (@LtGenGurmit) January 1, 2022
Thrill in meeting the Labour Force and Villagers of #Gunji and #Nabi.@PMOIndia@adgpi pic.twitter.com/1JtjhUsG6i
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया