कूटनीति

एमसीसी हाम्रा छिमेकी राष्ट्रका विरुद्ध छैन भन्ने सुनिश्चित हुनुपर्छ: माधव नेपाल

इकागज |
पुस २२, २०७८ बिहिवार २१:३३ बजे

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको संसदीय अनुमोदनका लागि तत्काल वातावरण नभएको बताएका छन् । 

इमेज च्यानललाई दिएको अन्तर्वार्तामा नेपालले एमसीसँगको सम्झौता नेपालका छिमेकी राष्ट्रको विरुद्ध नरहेको अमेरिकी अधिकारीहरूले प्रष्ट पार्नुपर्ने बताए । नेपालले एमसीसी विशुद्ध विकास सहायता हो भन्ने बारेमा अमेरिकी सरकारले स्पष्ट पारेपछि अनुमोदन गर्न कुनै आपत्ति नभएको बताए । उनले एमसीसीले दिन लागेको अनुदानमा हिन्द प्रशान्त रणनीति अन्तर्गत सैन्य गठबन्धनको स्वार्थ रहेको खण्डमा नेपालले उक्त सहयोग लिनु नहुने प्रष्ट पारे । 


विगतमा डोनाल्ड ट्रम्प प्रशासनको समयमा दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी पूर्वकार्यबहाक सहायक राज्यमन्त्री एलिस वेल्स र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी पूर्वउपसहायक मन्त्रीडेभिड जे र्‍यान्जले एमसीसी हिन्द–प्रशान्त रणनीतिकै एक हिस्सा भएको भन्ने अभिव्यक्ति दिएका कारण नेपालमा यो सम्झौता विवादीत बन्दै आएको छ । 

तर नेपालले भने आफूहरूमाथि छिमेकीहरूको दबाब पनि रहेको संकेत गरेका छन् । नेपालले पाँचदलीय गठबन्धनले एमसीसीसँगको सम्झौताका बारेमा अध्ययन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सम्मिलित समिति गठन गरेको छ । उक्त समितिले प्रतिवेदन दिएपछि अध्ययन गरेर अघि बढ्ने नेपालले बताएका छन् । 

त्यस्तै, अध्ययन समितिका संयोजक झलनाथ खनालले आफ्नो समितिले एमसीसीसँग सम्बन्धित ६ ओटा दस्तावेज प्राप्त गर्न बाँकी रहेको र सरकारले ती दस्तावेज उपलब्ध गराएपछि अध्ययन गरेर प्रतिवेदन दिने उल्लेख गरेका छन् । 

यो पनि पढ्नुहोस्

एमसीसी सम्झौतासँग ओली, प्रचण्ड, राजावादी र बाह्य शक्तिहरूको स्वार्थ

एमसीसी सम्झौताबारे सरकारले तत्काल श्वेतपत्र जारी गर्नु राम्रो हुन्छ

के सभामुखले एमसीसी सम्झौताबारे छलफल गर्न विशेष समिति बनाउलान् ?

एमसीसी सम्झौता निर्धक्क अनुमोदन गरौं, अप्ठ्यारा केही छैनन् : ओली


Author

थप समाचार
x