कूटनीति

कतारमाथिको नाकाबन्दी हटाउने निर्णयको नेपालद्वारा स्वागत

इकागज |
पुस २२, २०७७ बुधबार १७:४४ बजे

काठमाडौँ : साउदी अरबले अन्य तीन खाडी राष्ट्रसँग मिलेर कतारमाथि लगाएको नाकाबन्दी हटाउने निर्णयलाई नेपाल सरकारले स्वागत गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयले बिज्ञप्ती जारी गर्दै खाडी सहकार्य परिषद (जीसीसी) मा साउदीले लिएको निर्णयले खाडीमा स्थिरता ल्याउने धारणा व्यक्त गरेको छ ।
 
‘साउदीले कतारसँगमो सिमाना खोल्ने निर्णयले त्यस क्षेत्रलाई स्थिरता र सहकार्य तर्फ लग्‍नेछ । जीसीसीमा रहेका मुलुकहरूको यो निर्णयले हामी खुशी छौ । नेपालको जीसीसीका समपूर्ण सदस्यहरूसँग मित्रवत सम्बन्ध छ त्यसकारण त्यस क्षेत्रको शान्ति र समृध्दिको कामना गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
 
साउदीसँगै संयुक्त अरब ईमिरेट्स (यूएई), बहराइन र इजिप्टले सन् २०१७ को जुनमा कतारमाथि नाकाबन्दीको घोषण गरेका थिए । ती चार मुलुकले कतारमाथि खाडीमा आतंकवादी समूहहरूलाई सहायता गरेको आरोप लगाउँदै नाकाबन्दी लगाएका थिए । अल-जजिरा टेलिभिजन च्यानल बन्द गर्नुपर्ने, मुस्लिम ब्रदरहुडसँग सम्बन्ध बिच्छेद गर्नुपर्ने, सिया बाहुल्य मुलुक इरानसँग टाढिनु पर्ने लगायतका १३ माग राख्दै कतारसँग जमिन देखि हवाई सम्पर्कसम्म बन्द गरिएको थियो ।
 
मंगलबार साउदीले कतारसँग जोडिएको सिमाना खोल्ने र हवाई सम्पर्क सुचारु गर्ने घोषणा गरेको थियो । खाडीमा देखिएको यो समस्याको हलका लागि अमेरिकाले लगातार दबाब दिँदै आएको थियो । जीसीसीको सदस्य भएपनि कुवेत र ओमान भने तटस्थ रहँदै आएका थिए । कुवेत, अमेरिकासँगै साउदी गठबन्धन र कतारबीचको समस्या हलका लागि सक्रिय थियो ।
  
साउदी गठबन्धन र कतारबीचको समस्या हलउन्मुख हुँदै गएको संकेत मंगलबारबाट सुरु भएको जीसीसी सम्मेलनमा देखियो । जहाँ साउदी राजकुमार मोमहम्मद बिन सलमानले कतारी इमिर शेख तामिम बिन अल थानीलाई अंकमाल गर्दै स्वागत गरेका थिए । कोभिड-१९ कहरबीच ‘हेल्थ प्रोटोकल’ आत्मसाथ गर्दै साउदी शहर अल उल्लामा सुरु जीसीसी सम्मलेनमा राजकुमार सलमान र इमिर थानीबीचको अंकमाल कार्यक्रमकै एकमात्र अंकमाल थियो । 



Author

थप समाचार
x