कूटनीति

इजरायलमा निर्माण कामदार पठाउन संयुक्त कार्यदल बनाइने

केयरगिभर लैजान शुरु

इकागज |
माघ ५, २०७८ बुधवार १७:१६ बजे

फाइल तस्बिरः मन्त्री खड्का र राजदूत गोडर

काठमाडौँ– सरकारले इजरायलमा निर्माण क्षेत्रमा कामदार पठाउनका लागि द्विपक्षीय सम्झौता तयार पार्न दुवै देशका अधिकारीहरू सम्मिलित संयुक्त कार्यदल गठन गर्न लागिएको जनाएको छ । 

परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत खनान गोडबीच भएको रचनात्मक वार्तापछि दुवै पक्ष संयुक्त कार्यदल निर्माण गर्ने सहमतिमा पुगेका छन् ।


त्यस्तै केयरगिभरमा पूरक कामदार लैजाने सम्बन्धमा दुवै पक्षले आवश्यक प्रक्रिया तय गर्न महत्वपूर्ण भूमिका खेलेकोमा सन्तुष्टी व्यक्त गरेका छन् । पहिलो चरणमा ९९ केयरगिभर आज इजरायल गएका छन् । 

आगामी दिनहरूमा केयरगिभरका रूपमा इजरायल जान एक हजारभन्दा धेरै व्यक्तिहरू छनौट भएका छन् । 
 


Author

थप समाचार
x