कूटनीति

बेलायतबाट राजदूत आचार्यकाे अग्रिमा आयो, दुईको बाँकी

इकागज |
माघ ९, २०७८ आइतबार ११:२७ बजे

काठमाडौँ– बेलायत, भारत र अमेरिकाका लागि प्रस्ताविक राजदूतहरूमध्ये बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यलाई बेलायत सरकारले अग्रिमा (सहमति) दिएको छ । बेलायतस्थित नेपाली दूतावासले प्राप्त अग्रिमा परराष्ट्र मन्त्रालयमा पठाइसकिएको पुष्टी गरेको छ । 

भारत र अमेरिकामा सहमतिका लागि पठाएका प्रस्ताव स्वीकृत भएर आएपछि तीनै जना राजदूतलाई एकैपटक राष्ट्रपतिले नियुक्त गर्ने र सपथ खुवाउने तयारीस्वरूप परराष्ट्रले अहिले आचार्यको अग्रिमा आएको जानकारी दिएको छैन । 


राष्ट्रपतिबाट नियुक्त भएर सपथ लिएसँगै केही औपचारिक भेटघाटपछि राजदूतहरू कार्यभार सम्हाल्न सम्बन्धित देशका नियोगमा जानेछन् । 

सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि गत कार्तिक ११ मा राजदूत सिफारिश गरेको थियो । उनीहरूको संसदीय सुनुवाई सकिएपछि परराष्ट्र मन्त्रालयले ले अग्रिमाका लागि सम्बन्धित देशमा पठाएको थियो । 
 


Author

थप समाचार
x