एक दशकदेखि साझेदारी गर्यौं, एमसीसीको अनुदान लिने/नलिने नेपालको ‘सार्वभौम रोजाई’
काठमाडौँ– अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेपनले कम्प्याक्ट (सम्झौता) अघि बढाउने वा नबढाउने नेपालको सार्वभौम रोजाई भएको बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सेप्टेम्बर २९ मा चार–पाँच महिना समय माग गर्दै लेखेको पत्रको ताकेता गर्दै नेपालमा गरिबी निवारण र समावेशी विकासका लागि एमसीसीमार्फत् विकास सहायता अघि बढाउन नेपालसँग एक दशकदेखि सहकार्य गर्दै आएपनि सहयोग लिने वा नलिने भन्ने रोजाई नितान्त नेपालको भएको बताएको छ ।
एमसीसीका कार्यवहाक प्रमुख कार्यकारी अधिकृत महमुद बाहले प्रधानमन्त्री र सत्तारुढ गठबन्धनको अर्को प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष दाहाललाई सम्बोधन गरी पठाएको पत्रमा फ्रेबुअरी २८ सम्ममा नेपालले संसदबाट सम्झौता अनुमोदन गर्ने सम्बन्धमा कुनै कदम नचाले मार्चमा बस्ने एमसीसी बोर्डको बैठकले आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस्ः
यस्तो छ देउवा र दाहालले एमसीसीका अध्यक्षलाई लेखेको चिट्ठी (नेपाली अनुवाद)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया