कूटनीति

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

इकागज |
माघ २, २०७७ शुक्रबार ११:५७ बजे

काठमाडौँ : भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ । नयाँदिल्लीको हैदरावाद हाउसमा ११ः१५ देखि बैठक सुरु भएको हो । 

तीन दिने भारत भ्रमणमा रहेका ज्ञवाली नेपाल–भारतको संयुक्त बैठकका लागि नयाँदिल्लीमा छन् । दुई मन्त्रीबीचको बैठकपछि संयुक्त बैठकमा सुरु हुनेछ । संयुक्त बैठक सम्पन्न भएपछि परराष्ट्रमन्त्री ज्ञवालीले शुक्रबार साँझ नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । 



Author

थप समाचार
x