कूटनीति

नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सकियो

इकागज |
माघ २, २०७७ शुक्रबार १६:३१ बजे

काठमाडौं : नेपाल–भारत पराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्‍न भएको छ । शुक्रबार मध्यान्ह १२ बजे नयाँदिल्लीको हैदराबाद हाउसमा सुरु भएको बैठक करिब साढे चार बजे टुंगिएको हो ।

बैठकमा नेपाली प्रतिनिधिमिण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय पक्षको नेतृत्व विदेशमन्त्री एस जयंशकरले गरेका हुन् । बैठकको सुरुमा भारतीय विदेशमन्त्री एस जयंशकरले सम्बोधन गरेका थिए । जयशंकरले गत वर्ष भदौमा काठमाडौंमा सम्पन्न पाँचौं बैठकको स्मरण गरेका थिए । त्यसपछि आफ्नो सम्बन्धमा परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचका सम्बन्धका सबै पक्षमा छलफल गर्ने म्यान्डेट बैठकको भएको उल्लेख गरेका थिए ।

बैठकका लागि दुवै पक्षले करिब तीन दर्जनभन्दा बढी एजेन्डा तय गरेका छन् । एजेन्डा तय गर्नका लागि परराष्ट्र मन्त्रालयको एउटा टोली दुई दिनअघि नै नयाँदिल्ली आएको थियो । बैठकमा नेपाली पक्षले सीमा, व्यापार, ऊर्जा, कनेक्टिभिटिलगायतका विषयमा छलफलमा भएको थियो ।



Author

थप समाचार
x