कूटनीति

बुद्धभूमिबाट युक्रेनमा शान्तिको कामना सहित दीप प्रज्ववलन

इकागज |
फागुन १९, २०७८ बिहीबार २०:३९ बजे

काठमाडौँ– युक्रेनमा रुसको बर्बर आक्रमणको अन्त्य, मानवताको रक्षा र शान्तिको कामना गर्दै बिहीबार काठमाडौँको बौद्ध स्तुपामा शान्तिको कामनासहित दीप प्रज्वललन गरिएको छ । 

अमेरिका, बेलायत, युरोपेली संघ, अष्ट्रेलिया, जर्मनी, नर्वे, कोरिया, फिनल्याण्ड, स्वीजरल्याण्ड, जापानका राजदूतहरू तथा अन्तर्राष्ट्रिय श्रम संगठनका नेपाल मिसन प्रमुख, युक्रेनका लागि नेपाली महावाणिज्यदूत किरण वैद्य तथा विभिन्न मिसनका प्रमुख तथा प्रतिनिधिहरूले दीप प्रज्वलन गर्नुका साथै युद्धमा मृत आत्माका चीर शान्तिको कामना गर्दै मौनधारण गरेका थिए । 


उनीहरूले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको भूमिबाट युक्रेनमा शान्तिको कामना गरेका छन् । 

याे पनि 

नेपालबाट शान्तिको सन्देश 

 


Author

थप समाचार
x