कूटनीति

१०औं नियुक्ति खाएर राजदूत बनेका खतिवडाले भ्याएनन् बाइडनको शपथ

इकागज |
माघ ७, २०७७ बुधवार १६:१० बजे

काठमाडौं : दशौं सरकारी नियुक्ति खाएर अमेरिकाका लागि नेपाली राजदूत बनेका डा. युवराज खतिवडा अमेरिकी राष्ट्रपति जो बाइडनको शपथग्रहण समारोहमा उपस्थित नहुने भएका छन् ।

खतिवडाको राजदूत पदको भने कात्तिक २७ गते नै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो । अमेरिकाबाट सहमति (अग्रिमा) आएपछि उनी पुस ९ गते राष्ट्रपतिबाट शपथ लिएर अमेरिका जाने तयारीमा थिए । 


कूटनीतिक प्रशिक्षण तथा अन्य अत्यावश्यक कार्यक्रमहरू पूरा गरी अमेरिका उड्ने तयारीमा रहेका खतिवडा ओहोदाको प्रमाणपत्र बुझाएर राष्ट्रपति बाइडनको शपथ समारोहमा उपस्थित हुन नभ्याउने देखेपछि यही माघ २३ गते  अमेरिकातर्फ जाने कार्यक्रम राखेका छन् । 

अमेरिकाबाट फिर्ता हुने क्रममा रहेका नेपाली राजदूत अर्जुन कार्कीले नै बाइडनको शपथग्रहणमा सहभागिता जनाउने भएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा पनि सहभागित जनाएका थिए । कार्की झण्डै साढे ६ वर्षदेखि अमेरिकामा राजदूत छन् । 

राजदूत नियुक्त भएर पुस ९ मै शपथग्रहण गरिसकेपछि उनले अमेरिकामा रहेका राजदूत कार्कीसँग राष्ट्रपति बाइडनको शपथग्रहणमा सहभागिता जनाउन भ्याइन्छ कि भ्याइँदैन भनेर जिज्ञासा पनि राखेका थिए ।

कार्कीले राष्ट्रपति ट्रम्प बाहिरिने क्रममा रहेकाले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउन समय मिलाउन कठिन हुने भएपछि उनी केही ढिलाई गरी जाने भएका हुन् । अमेरिकी राष्ट्रपतिको शपथग्रहणको अवसरमा नेपाली राजदूत पनि सहभागी हुन महत्वपूर्ण रहेको भन्दै खतिवडालाई बाइडन समक्ष नै ओहोदाको प्रमाणपत्र बुझाउनेगरी आउन आग्रह गरेकाे सन्देश डी‍‍‍‍सी स्थित नेपाली दूतावासकाे सुझाव थियो । 

खतिवडाले अहिलेसम्म पाएका नियुक्ति 

१. राष्ट्रिय योजना आयोगका सदस्य (२०५९-२०६२)
२. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष (२०६६ असार ८ -२०६६ चैत ९) 
३. नेपाल राष्ट्र बैंकका गभर्नर (२०६६ चैत- २०७१ चैत)  
४. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष (कार्तिक २०७२- साउन २०७३) 
५. राष्ट्रिय सभा सदस्य (फागुन २०७४- २० फागुन २०७६)
६. अर्थमन्त्री (फागुन २०७४- फागुन २०७६)
७. अर्थमन्त्री (फागुन २०७६- १९ भदौ २०७७)
८. सञ्चार तथा सूचना प्रविधि मन्त्री (८ फागुन २०७६- १९ भदौ २०७७)
९. प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार (२९ भदौ २०७७)
१०. अमेरिकाका लागि नेपाली राजदूत (१५ असोज, २०७७ सिफारिस)- कार्यकाल ४ वर्ष 

 


Author

थप समाचार
x