रौतहटमा तालिम केन्द्र र आकस्मिक प्रयोजनको आवास निर्माणमा जापानी सहयोग
काठमाडौँः जापान सरकारले रौतहटमा तालिम केन्द्र र आकस्मिक प्रयोजनको आवास निर्माणका लागि ९ करोड १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । जापानी दूतावासका सार्ज डे अफेयर्स योशिओका युजोले उक्त सहयोग सम्बन्धि अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् ।
जापान सरकारको तृणमूल मानवीय सुरक्षा परियोजना अन्तर्गत यी दुई परियोजनालाई जापानले सहयोग दिन लागेको हो । भर्चुअल माध्यमबाट भएको अनुदान सम्झौतापछि युजोले रौतहट जिल्लाका बासिन्दाहरूका लागि यो परियोजनाले लाभ पु¥याउने साथै मानवीय सुरक्षाका दृष्टिले महत्वपसूर्ण भएको बताए । रौतहटमा सन् १९९८ मा सामुदायिक विकास केन्द्र स्थापना भएको थियो र यसले प्राकृतिक विपत्ति रोकथाम तथा पूर्वतयारी, सीपमूलक र व्यावसायिक तालिम प्रदान गर्दै आएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया