राष्ट्रपति भण्डारी र अमेरिकी राजदूत बेरीबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ : अमेरिकी राजदूत र्याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटगर्दै आफ्नो मुलुकको पछिल्लो प्राथमिकता सुनाएका छन् । जो बाइडनले अमेरिकी राष्ट्रपतिको सपथ लिएको भोलिपल्टैबाट अमेरिकी प्राथमिकता सुनाउन राजदूत बेरी काठमाडौँमा सक्रिय बनेका हुन् ।
उनले नयाँ राष्ट्रपति आएपछिको प्राथमिकता कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनाएर भेटघाटको थालनी गरेका थिए । उनले क्रमैसँग सबै शीर्ष नेताहरूलाई भेट्ने र पछिल्लो प्राथमिकता सुनाउने बताएका थिए ।
डोनाल्ड ट्रम्पका कारण अप्ठ्यारोमा परेको बाह्य विश्वसँगको सम्बन्धमा पुनः सक्रिय हातोमालो गर्ने अमेरिकी नीति अनुरूप उनले भेटघाट थालेका हुन् ।
बेरीले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका थिए । ट्रम्प प्रशासनका समयमा आफ्ना धारणा राख्नसमेत समस्यामा परेका अमेरिकी प्रशासकहरू यतिबेला आफ्नो नयाँ नेतृत्वको धारणा व्यक्त गरेका छन् । अमेरिकीहरू लोकतन्त्रमा विश्वास राख्ने मुलुकसँग सहकार्य गर्ने धारणासहित आफ्नो ‘ग्यांगिङ’ अनुरुप नै यो भेटवार्ता भएको हो ।
पछिल्लो समयमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० मा केही बुझाइ कम हुँदा त्यसमा भएका तिता कुराहरूलाई पनि माझ्ने काम नेतृत्वले गरेका छन् । अमेरिकाले नेपाललाई उपलब्ध गराउन लागेको सबैभन्दा ठूलो दुई पक्षीय सहयोगलाई नेपाल सरकारले खासगरी सत्तारुढ दलभित्रको विवादले असहज अवस्थामा पारेको थियो । त्यो सहयोगसम्बन्धी विषय अझै थाती रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया