कूटनीति

नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्‍चालनको सहजीकरण गरिदिन राजदूतलाई मन्त्रीको आग्रह

इकागज |
माघ २७, २०७७ मंगलबार १९:४५ बजे

काठमाडौँ : नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री भानुभक्त ढकालसँग मंगलबार  शिष्टाचार भेट गरेका छन् । 

मन्त्रालयमा भएको भेटमा मन्त्री ढकालले राजदूत गोडेरललाई नेपाल-इजरायल सीधा हवाइ सेवा सञ्‍चालनमा सहजीकरण गरिदिन अनुरोध गरेको मन्त्रालयले जनाएको छ । उनीहरूबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो । 



Author

थप समाचार
x