कूटनीति

विश्‍‍वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त

इकागज |
फागुन ११, २०७७ मंगलबार १६:२८ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा. निर्मलकुमार विश्‍वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले विश्‍वकर्मालाई राजदूतमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा २८२ बमोजिम विश्‍वकर्मालाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । विश्‍वकर्माले काठमाडौं विश्‍वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्‍वविद्यालयबाट (संयूक्त) फुड मुभमेन्टमा विद्यावारिधी गरेका हुन् ।
 



Author

थप समाचार
x