कूटनीति

रेग्मी र विश्‍वकर्माले लिए राजदूतको शपथ

इकागज |
फागुन १३, २०७७ बिहिवार १७:४ बजे

तस्बिर : सुनील सि बज्राचार्य/राष्ट्रपति कार्यालय

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायत र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी र डा. निर्मलकुमार विश्‍वकर्माले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनीहरूले शपथ लिएका हुन् । 

बेलायतका लागि राजदूत नियुक्त रेग्मी पूर्वमुख्य सचिव हुन् । रेग्मीले परराष्ट्र मन्त्रालयले जिम्मेवारी सम्हाल्न जानु अघि दिइने प्रशिक्षण भने लिएका छैनन् । 


राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम दुवै जनालाई राजदूत नियुक्त गरेकी थिइन । 


Author

थप समाचार
x