कूटनीति

पुनर्निर्माणमा भारतको  सहयोग

इकागज |
कात्तिक १८, २०७७ मंगलबार १६:४० बजे

काठमाडौं : नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई भूकम्पपछिको पुनर्निर्माणको लागि भारतको सहयोग हस्तान्तरण गरेका छन् ।

गोर्खा र नुवाकोटमा निजी आवास पुनर्निर्माणका लागि भारत सरकारले घोषणा गरेको सहयोगस्वरुप राजदूत क्वात्राले आज अर्थमन्त्री पौडेललाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरेका हुन् ।


अर्थमन्त्री पौडेलसँगको भेटमा राजदूत क्वात्राले नेपाल र भारतबीचको आर्थिक तथा विकास साझेदारीका विषयमा छलफल भएको थियो । 


Author

थप समाचार
x