कूटनीति

फ्रान्सेली सांसदहरूले प्रधानमन्त्रीलाई भेटे

इकागज |
फागुन २५, २०७८ बुधबार १२:४२ बजे

काठमाडौँ– नेपाल भ्रमणमा रहेका फ्रान्सेली सांसदहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ । 

फ्रान्स–नेपाल संसदीय मित्रता समूहका अध्यक्ष भेरोनिक रिट्टोनले आज प्रधानमन्त्री देउवासँग प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटघाट गरेका हुन् । 


भेटमा नेपाल र फ्रान्सबीच विभिन्न क्षेत्रमा सघन सहकार्यका माध्यमबाट दुई देशबीचको मित्रतापूर्ण र प्रगाढ सम्बन्ध विस्तार गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । 
 


Author

थप समाचार
x