कूटनीति

परराष्ट्रमन्त्री खड्का र युएईका अर्थमन्त्री भेटवार्ता

इकागज |
फागुन २८, २०७८ शनिबार १७:४६ बजे

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्का र संयुक्त अरब इमिरेट्स (युएई)का अर्थमन्त्री अब्दुल्ला बिन तक अल मारी बीच टर्कीको इस्तानबुलमा भेटवार्ता भएको छ । 

‘अन्तालिया डिप्लोमेसी फोरम’मा भाग लिन पुगेका मन्त्री खड्का र युएईका अर्थमन्त्रीबीच उक्त फोरमको साइडलाइनमा भएको भेटवार्तामा साझेदारीका विभिन्न आयाममा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 


मन्त्री खड्काले नेपाली वस्तुको निर्यात बढाउन सहज बजार पहुँच तथा युएईबाट नेपालमा लगानीका लागि युएईका अर्थमन्त्रीसँग आग्रह गरेका छन् । युएई नेपालको प्रमुख श्रम गन्तव्य मुलुक हो । 


Author

थप समाचार
x