नेपाल-इजरायल सम्बन्धको ६ दशक
'नेपाल-इजरायलबीचको सम्बन्ध अन्य मुलुकसँगको भन्दा पृथक छ'
काठमाडौँ : नेपाल र इजरायलबीचको सम्बन्ध अन्य मुलुकसँगको भन्दा पृथक पुरानो रहेको इजारायली राजदूत हनान गोडेरले बताएका छन् । उनले इजारायलले पश्चिम एसियाली (खाडी) मुलुकहरुसँग पनि सम्बन्ध अघि बढेको अवस्थामा नेपाललाई सहकार्यमा थप सहज हुनसक्ने पनिउनले बताए । दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाकोे ६ दशक पुरा भएको अवसरमा आयोजित कार्यक्रममा राजदूत गोडेरले यस्तो धारणा राखेका हुन् ।
उनले नेपालले अबका दिनमा भोटिङ ढाँचा परिवर्तन गर्न सक्ने बताउँदै भने, ‘सम्बन्ध भनेको दुई पक्षीय र बहुपक्षीय दुबै प्रकारको हुन्छ । मुलुकको एउटा खुट्टा दुईपक्षीय र अर्को खुट्टा बहुपक्षीतामा हुन्छ । त्यसलाई सन्तुलन गर्ने कार्य चानुचने होइन । अब नेपाललाई यसमा सहज हुनसक्छ ।’ इजरायली राजदूत घुमाउरो शैलीमा नेपालले इजरायलको विपक्षमा गरेको भोटिङलाई लक्षित गरी त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
१९६१ मा नेपालमा आवासीय दूतावास स्थापना गरेदेखि दुई मुलुकबीच अन्तरक्रियात्मक र निकै घनिष्ट सम्बन्ध रहेको भए पनि सन २०१७ देखि इजरायलीहरुले नेपालसँग चित्त दुखाएका छन् । उनीहरुले औपचारिक रुपमा बाहिर नभने पनि भित्र भने जेरुसेलमको विषयमा राष्ट्रसंघमा भएको भोटिङमा नेपाल अनुपस्थित हुनसक्थ्यो तर विपक्षमा नै किन गएको भन्दै गुनासो गर्ने गरेका छन् ।
नेपालले आफ्नो बाध्यता र छिमेकीको कूटनीतिको फलोगरेको बताउँदै आए पनि अझै इजरायल यो विषयमा सहमत छैन । यद्यपि नेपालको निर्णय हो भन्दै इजरायलले नेपाल र इजारायलबीचको सम्बन्ध लाई थप उचाईमा लैजान विविध क्षेत्रमा सहकार्य अघि बढाउने बताएको छ । जसरी इजरायलले सन् १९४८ पछि विश्व समुदायसँग कूटनीतिक सम्बन्धका लागि हात फैलाएको थियो अहिले त्यसैगरि जेरुसेलममा आफ्नो मुलुकको दूतावास सार्न आग्रह गर्दै आएको छ ।
इजरायलको जेरुसेलमलाई राजधानी मान्यता दिने अमेरिकी राष्ट्रसंघमा रिजोलुसन राखेपछि भएको भोटिङमा नेपाल इजरायल र अमेरिकाको विपक्षमा उत्रेको थियो । तर, पछि अमेरिकाले तेलअभिभमा रहेको दूतावास जेरुसेलम सारेर राष्ट्रसंघको भोटिङलाई नै चुनौती दिएको थियो । त्यही भोटिङमा नेपालसँग इजरायलले चित्त दुखाएको छ ।
पछिल्लो समय इजरायलले नेपालसँग सहकार्यको लागि जोड दिँदै आएको छ । नेपालस्थित इजरायली राजदुतावासले औपचारिक कार्यक्रम नै गरेर कूटनीतिक सम्बन्ध को ६ दशक मनाएको हो । सन् १९६० जुन १ मा नेपाल र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएको हो ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले इजरायलले कृषि प्रविधिमा हासिल गरेको उपलब्धी नेपालको लागि युगान्तकारी हुने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षबाट नेपाल सरकार र इजरायल सरकारको संयुक्त कार्यक्रम सेन्टर फर एक्सलन्स सुरु हुने र सहकार्यको दायरा बढ्नेसमेत बताए ।
इजरायलले नेपालको कृषिको आधुनिकीकरणमा तालिम र प्रविधिमा सहयोग गर्दै आएको र नेपालीलाई रोजगारीको अवसर पनि इजरायलमा दिएको उनले बताए । अहिले पनि इजरायलमा करिब पाँच हजार नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।
राजदुत गोडेरले नेपाल र इजरायलबीचको सम्बन्ध अरुभन्दा पृथकमात्र होइन सहकार्यमुलुक रहेकोसमेत बताए । नेपाल र इजरायलबीचको सम्बन्धलाई अझ सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ । दुई मुलुकबीचमा साझा चुनौती रहेको भन्दै उनले नेपाललाई जहिले पनि सहयोग गर्न तयार रहेको बताए । सगरमाथा र मृत सागरलाई जोडेर सहकार्य गर्दै अघि बढ्न पर्ने सुझाब उनको छ ।
१९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएलगत्तै मार्च १९६१ मा इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो । अहिले लाजिम्पाटमा रहेको दुतावाश ६० वर्ष देखि निरन्तर एकै स्थान र घरमा छ । १९६० मा नेपालका तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले इजरायल भ्रमण गरेर एक प्रकारको फरक सन्देश यो क्षेत्रलाई दिएका थिए ।
इजरायल सरकारले नेपाली युवालाई कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम दिइरहेको छ । यसै वर्षदेखि केयर गीभरको रुपमा कामदार लैजाने तयारी भएको छ । लामो समयदेखि केयरगिभर लैजाने कार्य रोकिएको थियो भने दुई वर्षअघि ६० जना नेपाली केयर गिभर गएपछि त्यो प्रक्रिया अघि बढ्न सकेको छैन । अहिले पुनः अघि बढाउने कार्य हुने भएको छ ।
त्यसो त नेपालले आरम्भदेखि नै दिगो कृषि विकास र प्रविधि, सहकारी, सैनिक–नागरिक सम्बन्ध, विशिष्ट प्रकारका सैनिक तालिम, ‘एलिट फोर्स’ को स्थापनालगायतमा इजरायलबाट महत्त्वपूर्ण सहयोग लिइरहेको नेपालले इजरायलसँग थप मझबुद सम्बन्ध बनाएर अघि बढ्नपर्ने बताए । सन १९६६ मा इजरायलका राष्ट्रपति जलमान साजारले नेपाल भ्रमणसमेत गरेका थिए ।
नेपालीले कृषि, स्वास्थ्यजस्ता अत्याधुनिक प्रविधिहरूमा विश्वविद्यालय तहका उच्च शिक्षालगायत अल्पकालीन व्यावसायिक तालिम प्राप्त मात्र इजरायलबाट गरेका छैनन् नेपाली सेनाले आफ्नो पेसागत विकास क्रममा इजरायली प्रशिक्षक र प्रविधिबाट आधुनिक र गुणात्मक क्षमता वृद्धिमा प्राप्त गरेका छन् । इजरायल आफैं एक विषम भूराजनीतिक र सामरिक जटिल अवस्थामा छ । राष्ट्रिय सुरक्षा र अस्तित्व रक्षाका उसका आफ्नै प्राथमिकता छन् । विगतमा अस्तित्व रक्षाका थुप्रै निर्णायक युद्ध उसले लडेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया