कूटनीति

अमेरिका-भारत रक्षा सहकार्य अपरिहार्य : अमेरिकी रक्षामन्त्री

इकागज |
चैत ७, २०७७ शनिबार १८:४३ बजे

काठमाडौँ : जो वाइडनले अमेरिकाको बागडोर सम्हालेपछि इन्डो प्यासिफिक रणनीतिमा सहकार्यका लागि अमेरिका थप व्यवस्थित तरिकाले अघि बढेको छ । जापान, दक्षिण कोरियाको भ्रमण सकेर भारतको भ्रमणमा रहेका अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले भारत र अमेरिकाबीचको सैन्य साझेदारीमा जोड दिएका छन् ।

यसबाट स्पष्ट हुन्छ कि अमेरिका भारतलाई यस क्षेत्रको मुख्य प्लेयरको रुपमा राख्‍ने पुर्ववत तयारीमा तलमाथि हुनेवाला छैन । इन्डो प्यासिफिक क्षेत्रको विकिासमा नै जोड दिँदै स्वतन्त्र, खुला र समावेशी भन्ने शब्द अस्टिनले बारम्बार भेटवार्तामा उपयोग गरेका छन् ।


अस्टिनले शनिबार भारतीय समकक्षी राजनाथ सिंहसँगको भेटमा पनि यहि विषयमा जोड दिएपछि भारत र अमेरिकाबीच सैन्य र रक्षा साझेदारी थप फराकिलो हुने निश्चित प्रायः भएको छ । एक घन्टा लामो भेटवार्तामा उनीहरुले एक अर्काको रणनीतिमा सहकार्य गर्ने सम्मको विषय उठाएका थिए ।

अमेरिकी रक्षामन्त्री अस्टिनले अमेरिका भारतसँग महत्वपूर्ण साझेदारी गरेर अघि बढ्न चाहेको खुलाएका थिए । ‘अमेरिका भारतसँग बृहत् र दीर्घकालिन रक्षा साझेदारी गर्दै यसलाई निचोडमा पु¥याउनका लागि प्रतिबद्धताका साथै स्वतन्त्र र खुला इन्डो-प्यासिफिक क्षेत्रका निम्ति भारत र अमेरिकाबीचको सम्बन्ध निकै महत्वपूर्ण छ’ अस्टिनले पत्रकार सम्मेलनमा भने ।

अमेरिका भारत, जापान र अस्ट्रेलियाको अनौपचारिक सहकार्य अर्थात ‘क्वाड’ साझेदारीले पनि यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । भारतको चीनसँगको सम्बन्धका कारण अस्टिनको भारत भ्रमण र भारत आउनु अघि उनले गरेका अन्य दुई मुलुकको भ्रमणले पनि बहस निम्तिएको हो । हिन्द-प्रशान्त रणनीतिलाई चीनको विश्‍वशक्ति बन्ने आकांक्षालाई ‘अंकुश’ लगाउने अमेरिकी रणनीतिका रुपमा अर्थ्याइदै आएको अवस्थामा यो भ्मण भएको हो ।

अमेरिकाले यो साझेदारी कुनै मुलुक लक्षित नभएर हिन्द-प्रशान्त क्षेत्रमा स्थिरता कायम गर्न गरिउको बताउँदै आएको छ । बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा जोड गरेको चीनको कारण अमेरिका हिन्द-प्रशान्त रणनीति (आईपीएस) मा केन्द्रित भएको हो । त्यसका लागि अमेरिकाले भारतको साथ अपरिहार्य छ । 

इन्डो प्यासिफिक रणनीतिमा आधारित रहेर सैन्य साझेदारी गर्ने विषय देखि चीन र भारतबीच आएको सीमासमस्या सम्म कुरा भएको कूटनीतिक स्रोतहरूको हवला दिँदै अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘छलफल विभिन्न पक्षमा केन्द्रित रह्यो । सैन्य साझेदारी र यो क्षेत्रको शान्तिका विषयमा पनि बहस भयो,’ बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भारतीय रक्षामन्त्री सिंहले भने, ‘बहुपक्षीय अभ्यासहरुको समीक्षासँगै भारतीय सेना र अमेरिकी सेनाको इन्डो–प्याासिफिक कमाण्ड, सेन्ट्रल कमाण्ड र अफ्रिका कमाण्डबीच साझेदारी बढाउने सहमति पनि भयो’

भारत र अमेरिकाले गत वर्ष बृहत् विश्वव्यापी रणनीतिक साझेदारीमा हस्ताक्षर गरेको विषयलाई कार्यावन्यनमा लैजाने पनि सिंहले बताए । अमेरिकाको सक्रियातामा अमेरिका, भारत, जापान र अस्ट्रेलियाबीच भएको क्वाड शिखर वार्तामा पनि स्वतन्त्र, खुला र समावेशी इन्डो प्यासिफिक क्षेत्रकै विषयमा छलफल भएको थियो । एक साता अघि भर्चुअल माध्यमबाट भएको उक्त सम्मेलनलाई चीन घेर्ने नीतिको रुपमा चीनले लिएको छ ।

हुनपनि यस अघिदेखि नै चीनले क्वाडलाई ‘नेटो’को अर्को रुप भने पनि अमेरिका लगायत मुलुकले त्यसलाई अस्विकार गरेको छ । तीन दिने भ्रमणका लागि शुक्रबार दिल्ली आएर सक्रिय रहेका अस्टिनले आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायतसँग भेटेर छलफल गरिसकेका थिए ।


Author

थप समाचार
x