कूटनीति

देउवाको भारत भ्रमण विविध ढंगले महत्वपूर्ण: मेहता

इकागज |
चैत १७, २०७८ बिहिवार १९:५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल-भारत राजनीतिक मामिलाका विज्ञ अशोक मेहताले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण महत्वपूर्ण भएको बताएका छन् ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् । `कोरोनालगायत विभिन्न कारणले लामो समयदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न सकिरहेको अवस्था थिएन । तर, पाँच पटक प्रधानमन्त्री हुनुभएको देउवाको भारत भ्रमण महत्वपूर्ण छ,` उनले भने ।


उनले भौगोलिक राजनीतिक दृष्टिकोणले समेत देउवाको भारत भ्रमण महत्वपूर्ण हुने दाबी गरेका छन् । दुई देशको आर्थिक सम्वृद्धिमा समेत यो भ्रमण हत्वपूर्ण हुने आफूले बुझेको मेहताले बताए ।


Author

थप समाचार
x