कूटनीति

राजदूत आचार्यले गरे बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

इकागज |
चैत १७, २०७८ बिहीबार २१:२६ बजे

काठमाडौं - बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

आचार्यले बिहीबार बेलायती महारानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । भर्चुअल रूपमा आयोजना गरिएको सो कार्यक्रममा राजदूत आचार्यले मध्याह्न बकिङहम प्यालेस पुगेर महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।


राजदूत आचार्यले बेलायतका लागि २३ औँ राजदूतको रूपमा गत फेब्रुअरी २३ मा आफ्नो पदबहाली गरेका हुन् ।


Author

थप समाचार
x