कूटनीति

प्रधानमन्त्री देउवा भारत प्रस्थान

इकागज |
चैत १८, २०७८ शुक्रवार १३:३६ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवाको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हो । प्रस्थान गर्नुअघि उनलाई गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विदाई गरेका थिए । 

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा, तीन मन्त्रीहरुसहित ५० जना सहभागी छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा देउवा भारत भ्रमणमा गएका हुन् । भारतमा रहँदा देउवाले विभिन्न व्यक्तिहरुसँग भेटघाट गर्नेछन् । 


दुई देशबीच विभिन्न द्धिपक्षीय सम्झौताहरुसमेत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । देउवा आइतबार स्वदेश फर्कनेछन् । 


Author

थप समाचार
x