कूटनीति

नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना

इकागज |
चैत १९, २०७८ शनिवार ९:१२ बजे

काठमाडौँ- नेपाल र बेलिजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने राष्ट्रको संख्या १७६ पुगेको छ ।

कूटनीतिक स्थापना गर्ने सम्बन्धी पत्रमा नेपालको तर्फबाट न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगका लागि स्थायी प्रतिनिधि तथा राजदूत अमृतबहादुर राई र बेलिजको तर्फबाट राष्ट्रसंघका लागि बेलिजका स्थायी प्रतिनिधि तथा राजदूत कार्लोस सी. फुलरले हस्ताक्षर गरेका थिए । 


अमेरिकाको न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी कूटनीतिक स्थापन सम्बन्धी पत्रमा हस्ताक्षर गरिएको थियो । 

दुवै देशका राजदूतले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र लेखि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको बारेमा जानकारी समेत गराएको नेपाली स्थायी नियोगले जनाएको छ । 

बेलिज एक क्यारिबियन देश हो । बेलिज सन् १९८१ सेप्टेम्बर २१ मा बेलायतबाट स्वतन्त्र भएको थियो । सन् १९७३ भन्दा अघि बेलिजलाई ब्रिटिश होन्डुरस भनेर चिनिन्थ्यो । 


Author

थप समाचार
x