कूटनीति

देउवा–मोदी भेट

इकागज |
चैत १९, २०७८ शनिबार ११:५८ बजे

काठमाडौँ– भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई प्रधानमन्त्रीको भेटघाटपछि द्विपक्षीय प्रतिनिधिमण्डलसहीत वार्ता हुँदैछ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले दुई देशका प्रधानमन्त्रीको भेटघाटले नेपाल र भारतबीच सम्बन्धलाई प्रगाढ बनाउने तथा आपसी मित्रता र सहयोगलाई मजबुत बनाउने उल्लेख गरेका छन् । 


मोदीसँग भेट्नुअघि देउवाले आज बिहान राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा पुगेर माल्यार्पण गरेका थिए । 


 


Author

थप समाचार
x