कूटनीति

भारतीय प्रधानमन्त्रीले दोहार्‍याए पुरानै आश्वासन

इकागज |
चैत १९, २०७८ शनिबार १५:११ बजे

काठमाडौं - भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन नेपाललाई दिएका छन् ।  

नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले उक्त आश्वासन दिएका हुन् । 


‘पञ्चेश्वर परियोजना डिपीआर छिट्टै टुंग्याउनेछ ।  यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने । 

भारतीय आनकानीका कारण सम्झौता भएको लामो समय बितिसक्दा पनि पञ्चेश्वर परियोजनाले गति लिन सकेको छैन । 

नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्दा होस् वा भारतीय प्रधानमन्त्री नेपाल आउँदा प्रत्येक पटक पञ्चेश्वर मुद्दा उठ्ने गरेको छ । प्रत्येक पटक भारतीय पक्षले पञ्चेश्वर  परियोजनालाई तिव्र रुपमा अघि बढाउने आश्वासन दिंदै आएको छ । यसपटक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको बेला पनि भारतीय प्रधानमन्त्रीले सो आश्वासन दिएका हुन् । 

‘नेपाल बढी भएको विद्युत भारतमा निकासी गरिरहेको छ । यो राम्रो कुरा हो । यसले नेपालको विकासमा सहयोग गर्नेछ,’ मोदीले भने । 

मोदीले प्रधानमन्त्री देउवा भारतको पुरानो साथी भएको उल्लेख गर्दै भारत र नेपालको मित्रता तथा जनताको सम्बन्ध विश्वमा कहिं कतै देख्न नपाइेने दाबी गरे ।

‘हाम्रो सम्भयता, संस्कृति प्राचिनकालदेखि जोडिएको छ । सदियौदेखि हामी सुख–दुःखका साथी बनेका छौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने । 

भेटवार्तामा व्यापार र सबै प्रकारका क्रस बोर्डर कनेक्टीभिटीमा जोड दिएको उनले जनाए । 


Author

थप समाचार
x