कूटनीति

प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री योगी आदित्यनाथले गरे स्वागत

इकागज |
चैत २०, २०७८ आइतवार ११:७ बजे

काठमाडौँ - तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको धार्मिकस्थल बनारस पुगेका छन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन् । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।

विशेष विमानबाट देउवाबाट देउवा बनारस पुगेका हुन् ।


देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।

शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए । 


Author

थप समाचार
x