कूटनीति

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमुलक : परराष्ट्रमन्त्री खड्का

इकागज |
चैत २०, २०७८ आइतवार २१:१ बजे

काठमाडौं - परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण उपलब्धिमुलक भएको बताएका छन् । 

आइतबार साँझ तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएकपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलन खड्काले भ्रमणले मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भएको बताएका हुन् । 


'मैत्रीपूर्णल सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भयो' खड्काले भने, 'कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पुर्‍याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।'


Author

थप समाचार
x