कूटनीति

बोआओ फोरममा राष्ट्रपतिको सम्बोधन

इकागज |
बैशाख ८, २०७९ बिहीबार १३:५४ बजे

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले बोआओ फोरमको वार्षिक सम्मेलनलाई सम्बोधन गरेकी छिन् । आज बिहान उनले भिडीयो सन्देशमार्फत् सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले त्यहाँ हुने छलफलले महामारी नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । 

महामारीबाट सिकेको महत्वपूर्ण शिक्षाबारे चर्चा गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय स्वास्थ्य शिक्षा र स्वास्थ्य पूर्वाधारको विकासमा जोड दिएन् । उनले विश्व समुदाय समक्ष नेपाल जस्ता अल्पविकसित मुलुकको आर्थिक पुनरुत्थानका लागि उदारताका साथ सहयोग गर्न विशेष अनुरोध समेत गरेकी थिइन् । 


विश्वले सामना गरिरहेको चुनौतीबाट साझेदारी, सहकार्य र पारस्पारिक सहयोगमार्फत् मुक्त हुन सकिने भन्दै राष्ट्रपति भण्डारीले ‘सम्पूर्ण क्षेत्र’ र ‘सम्पूर्ण विश्व’को अवधारणामा अघि बढ्नुपर्ने बताइन् । 

राष्ट्रपतिले हिमाली तथा टापु राष्ट्रहरूको अर्थतन्त्र र मानव जीवनमा जलवायु परिवर्तनले उत्पन्न गरेका प्रतिकूलताबारे उल्लेख गर्दै विश्वव्यापी तापमान न्यूनीकरण गर्न सबै देशलाई कार्बन उत्सर्जन कटौती गर्न आग्रह गरेकी थिइन् । 

सम्मेलन आज र भोलि चीनको हनान प्रान्तको बोआओमा जारी छ । सम्मेलन ‘कोभिड–१९ को समयमा र त्यसबाहिर विश्वः साझा भविष्य र विश्वव्यापी विकासका लागि सहकार्य’ का विषयमा केन्द्रित छ ।
 


Author

थप समाचार
x