कूटनीति

अमेरिकी सांसदको टोलीले प्रधानमन्त्री देउवालाई भेट्यो

इकागज |
बैशाख १०, २०७९ शनिबार १३:१८ बजे

काठमाडौँ – अमेरिकी सिनेटर किर्स्टन जिल्लिब्रान्डको नेतृत्वमा रहेको अमेरिकी संसदको एक उच्चस्तरीय टोलीले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु  बेरीसँगै सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली, तथा प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स पनि उपस्थित थिए। 

भेटमा नेपाल(अमेरिका सम्बन्धका ७५ वर्षको दौरानमा यसअघि हासिल उपलब्धी र अझै प्रगाढ सम्बन्ध विकसित गर्ने विविध पक्षहरूको बारेमा चर्चा हुनुका साथै जलवायु परिवर्तनको सामना गर्ने उपाय र लोकतन्त्र सुदृढिकरण लगायतमा कुराकानी भएको बताइएको छ । 
 



Author

थप समाचार
x