कूटनीति

अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ‘प्लाटिनम जुब्ली’मा ब्लिंकेनको सन्देश

इकागज |
बैशाख १६, २०७९ शुक्रबार १३:५३ बजे

काठमाडौँ– नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५औं वर्षगाँठ आज मनाइँदैछ । कूटनीतिक सम्बन्धको ७५ वर्षको अवसरमा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले शुभकाना सन्देश दिएका छन् । 

‘आज हामी नेपाल(अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठ मनाउँदैछौं। नेपालले आफ्नो शासन प्रणाली, आर्थिक विकास, तथा अन्तराष्ट्रिय सहभागिताहरूमा उल्लेखनीय परिवर्तन अनुभुत गरेको छ,’ ब्लिंकेनको सन्देशमा भनिएको छ, ‘एक साझेदारका रूपमा हासिल गरेका उपलब्धीहरूमा हामी गर्व गर्दछौं र आउने अनेकौं दशकहरूसम्म यो मित्रता कायम रहनेमा आशावादी छौं।’


 

 


Author

थप समाचार
x