कूटनीति

राजदूत शर्माले भारतीय राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

इकागज |
बैशाख २८, २०७९ बुधबार १४:९ बजे

काठमाडौँ– भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष उनले बुधबार ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्माले चैत ११ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएर नयाँ दिल्लीस्थित राजदूतावासको जिम्मेवारी सम्हाल्न पुगेका थिए । 


शर्मा दिल्ली पुगेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तारतम्य मिलाउन व्यस्त भएका थिए । 
 


Author

थप समाचार
x