कूटनीति

लुम्बिनी आइपुगे मोदी

इकागज |
जेठ २, २०७९ सोमबार ११:० बजे

तस्बिर : नरेन्द्र मोदीको ट्‍वीटरबाट

काठमाडौँ- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी आइपुगेका छन् । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय वायुसेनाको विशेष हेलिकोप्टर मोदी लुम्बिनी आइपुगेका हुन् । बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनताहरूमाझ हुन पाउँदा खुशी लागेको मोदीले बताएका छन् ।

मोदी आज ६ घण्टाको लागि नेपाल आएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।


बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना गरिने एक विशेष समारोहमा सहभागी हुन उनी नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मोदी भारतबाट सिधै लुम्बिनी आई त्यहींबाट स्वदेश फर्कनेछन् । 

उनको मायादेवीको मन्दिर जाने कार्यक्रम रहेको छ । त्यहाँ दुवै देशका प्रधानमन्त्री प्रार्थनामा सहभागी हुनेछन् । 

मोदीले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । पुजा र शिलान्यासको काम सकेपछि उनले पवन इन्टरनेसनल होटलमा राजनीतिक भेटवघाट गर्ने जनाइएको छ । 

होटलमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् । मध्यान्ह १२ बजे प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै नेपाल-भारत द्विपक्षीय उच्चस्तरीय कूटनीतिक बैठक हुनेछ । 

बैठक सकिएपछि प्रधानमन्त्री देउवाले भारतीय समकक्षि मोदीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन् ।

उनी बेलुकी ५ बजे भारतीय वायु सेनाको हेलिकप्टरमा लुम्बिनीबाट स्वदेश फर्कने कार्यक्रम छ ।


Author

थप समाचार
x