रोग र उपचार

दैलेखमा मानसिक स्वास्थ्यका बिरामीको निःशुल्क स्वास्थ्य बीमा

इकागज |
जेठ १८, २०७९ बुधवार २१:४८ बजे

फाइल फोटो

दैलेख -  जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्यमा समस्या परेका बिरामी र तीनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ११ वडा रहेका नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

विनियोजित बजेटबाट निःशुल्क बीमाका लागि सात लाख ५४ हजार ६०० खर्च भएको शाखा प्रमुख खड्काले बताए । उनले नारायण–५ मा रहेको त्रिवेणी स्वास्थ्य चौकीमा मनोसामाजिक परामर्श कक्ष स्थापना गरी मानसिक समस्या भएका नागरिकलाई परामर्श दिने गरिएको बताए । 


मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले उनीहरूसहित परिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिएको नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बताए । 

नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १८९ परिवारका एक हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए । 

प्रमुख खड्काले नागरिकमा पछिल्लो समय मानसिक समस्या बढ्दै गएकाले नगरपालिकाले १० जना मनोसामाजिक परामर्शकर्तामार्फत सेवा दिँदै आएको बताए । उनले आगामी दिनमा यस्ता प्रकारका नागरिक लक्षित कार्यक्रमहरूलाई नगरपालिकाले निरन्तरता दिने बताए । रासस


Author

थप समाचार
x