रोग र उपचार

शिक्षण अस्पातालले बीमा सेवालाई निरन्तरता दिने

इकागज |
असार १५, २०७९ १८:४६ बजे

फाइल फोटो

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले स्वास्थ्य बीमा बोर्डले बिमितको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने जानकारी दिए । 


उनका अनुसार अस्पतालबाट प्रविष्ट भएका दाबीको मूल्याकंन गरी सोधभर्ना अविलम्ब बोर्डले पठाउने भएपछि स्वास्थ्य बीमा सेवाले निरन्तरता पाउने  भएको छ । 

यसअघि अस्पतालले स्वास्थ्य बीमा बोर्डले बिमितको उपचारबापतको रकम उपलब्ध नगराएपछि आज असार १५ गतेदेखि बीमा कार्यक्रम स्थगित गर्ने जानकारी गराएको थियो ।
रासस



Author

थप समाचार
ad
x