रोग र उपचार

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै एमालेको आपत्ति

इकागज |
साउन २५, २०७९ बुधवार १४:२८ बजे

फाइल फोटो

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ एमालेका सांसद खगराज अधिकारीले चालु आवको बजेटको बुँदा नं १५१ मा गरिएको व्यवस्थाअनुसार निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको बताए । 

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री अधिकारीले  स्वास्थ्य बीमा कार्यक्रमलाई असफल बनाउन खोजिएको आरोप लगाए । सोही दलका सांसद महेश बस्नेतले मंगलबार रातिको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डुबानमा परेको जनाउँदै प्रभावितलाई तत्काल राहतको प्रबन्ध गर्न माग गरे । 


यस्तै, उनले नेपाल इन्जिनियरिङ कलेजका सम्बन्धमा देखिएको बेथितिको अन्त्यका लागि सरकारको ध्यानकर्षण गराए । 


Author

थप समाचार
x