रोग र उपचार

रुकुम पश्चिममा पाँच वर्षमा आठ सय गर्भवतीको शल्यक्रिया

इकागज |
भदौ २०, २०७९ सोमबार २०:५२ बजे

फाइल फोटो

रुकुम पश्चिम - रुकुम पश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा आठ सय गर्भवतीको शल्यक्रिया गरिएको छ । सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिया अर्थात् अप्रेशन गरेर सुत्केरी बनाइएको हो । जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ ।

आर्थिक वर्ष २०७४/७५ मा एक सय ६४, २०७५/७६ मा एक सय ५३, आव २०७६र७७ मा एक सय ३१, २०७७/७८ मा एक सय ५६ र २०७८/७९ मा एक सय ९६ गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला अस्पताल सल्लेमा दुई सय तीन र चौजहारी अस्पतालमा पाँच सय ९५ गर्भवतीको शल्यक्रिया भएको बताइएको छ । 


जिल्ला अस्पताल सल्लेभन्दा चौरजहारी अस्पतालमा बढी शल्यक्रिया भएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिए । चौरजहारी अस्पतालमा जाजरकोट र सल्यानका गर्भवतीले सेवा लिएका छन् । जसका कारण चौरजहारीमा सेवा लिनेको सङ्ख्या ठूलो रहेको उनले बताए । 

जिल्ला अस्पताल सल्लेमा आव २०७४/७५ मा ३८, २०७५/७६ मा ४७, २०७६/७७ मा २०, २०७७/७८ मा ४१ र २०७८/७९ मा ५७ जटिल खालको समस्या भएका गर्भवतीको अप्प्रेशन हुँदा चौरजहारी अस्पतालमा आव २०७४/७५ मा एक सय २४, २०७५/७६ मा एक सय छ, २०७६/७७ मा एक सय ११, २०७७/७८ मा एक सय १५ र २०७८/७९ मा एक सय ३९ को अप्प्रेशन भएको थियो । 

जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध भएपछि जटिल खालको समस्या भएका गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै सेवा दिँदा मातृ तथा शिशु मृत्युदरमा समेत कमि आएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x