रोग र उपचार

सन्दर्भः विश्‍व मानसिक स्वास्थ्य दिवस

नेपालमा ११ लाखमा मानसिक समस्या, आत्महत्या १३ प्रतिशतले वृद्धि

५ दशमवल २ प्रतिशत किशोरकिशोरीमा

इकागज |
असोज २४, २०७८ आइतबार १२:६ बजे

फाइल तस्बिर

काठमाडौँ-  नेपालका करिब ११ लाख मानिसहरूमा मानसिक स्वास्थ्य समस्या रहेको एक सर्वेक्षणले देखाएको छ । राष्‍ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कूल जनसंख्या(२ करोड ९० लाख)को ४ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको हो । १३ देखि १७ वर्षसम्म ५ दशमलव २ प्रतिशत किशोरकिशोरीहरूमा पनि मानसिक समस्या रहेको छ ।

मानसिक स्वास्थ्यकै समस्या रहेका ६ दशमलव ५ प्रतिशत वयस्क मानिसहरूले आत्महत्याको सोच बनाइरहेको सर्वेक्षणले देखाएको छ। विश्‍व स्वास्थ्य संगठनकाअनुसार मानसिक स्वास्थ्य र लागू पदार्थ सेवनका कारण पाँचमध्ये एकले अपांगता पूर्ण जीवन बाच्नुपरिरहेको छ । नेपाललगायत अन्य मध्यस्तर आय मुलुकमा अझ बढी छ ।


पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । विगत वर्षको तुलनामा १३ दशमलव ७ प्रतिशतले वृद्धिले भएको देथ्यांकले देखाउँछ । आत्महत्याको कारण विश्‍वभर सात लाख मानिसको मृत्यु हुने गरेको छ । एचआईभी, एड्स, मलेरिया, स्‍तनको क्‍यान्सर, युद्ध र हत्याभन्दा बढी आत्महत्याको कारण बढी मृत्यु हुने गरेको छ । यी सबै मृत्युको कारण मानसिक स्वास्थ्य समस्या रहेको पनि पुष्‍टि गर्ने सर्वेक्षणको निष्‍कर्ष छ ।

सरकारले देशभर अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उद्धार तथा पुर्नस्थापनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरिरहेको जनाएको छ । 

कोभिड-१९ महामारीको कारण मानिसक स्वास्थ्यमा झन असर गरेको अवस्था जटिल बन्दै गएको छ । कोभिडको त्रास, बन्दाबन्दी, कोभिडका कारण उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असहजता तथा असमानतालाई बढाएको छ ।  नेपालीको शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सुस्वास्थ्यलाई समेत प्रभाव पारेको छ ।

आम नेपालीको मानसिक स्वास्थ्य सेवा पहुँचको अभाव छ । सेवाको अभाव र व्याप्‍त भ्रमका कारण धेरै मानिसहरू उपचारबाट वञ्चित हुनुपरेको प्रतिवेदनले उल्लेख गरेको छ । चारमध्ये तीन वयस्क मानिसले मानसिक स्वास्थ्य समस्याको उपचार नगरेको पाइएको छ ।


Author

थप समाचार
x