रोग र उपचार

हेल्‍थ टिप्‍स

बोझोका फाइदा : घाँटी दुखेकोदेखि स्मरणशक्ति बढाउनेसम्म

बोझोको जरालाई उखालेर टुक्रा बनाई त्यतिकै चपाउन सकिन्छ !

इकागज |
मंसिर १२, २०७८ आइतबार ७:५७ बजे

फाइल फोटो

बोझो एक प्रकारको वनस्पती हो । यो सामान्यतया पहाडी क्षेत्रमा पाइन्छ । विशेषगरी बोझो ओसिलो ठाउँमा फस्टाउँछ । जसलाई रोपेको एक वर्षपछि प्रयोग गर्न मिल्छ । एक पटक राम्ररी फस्टाएको बोझो मासिएर जाँदैन । बोझो कतिपय ठाउँमा आफैँ फल्छ कतिपय ठाउँमा रोप्नुपर्छ । यसलाई गमलामा फूल जसरी रोप्न सकिन्छ । बोझोेको पात सधैँ हरियो हुनाले यसले सुन्दरता र सुगन्ध दुवै दिन्छ । बोझोको जरालाई उखालेर त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । 

लामो समयसम्म प्रयोग गर्नको लागि भने यसलाई टुक्रा बनाएर सुकाउन सकिन्छ । सुकाएको बोझोलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । बोझो स्वास्थ्यको लागि मात्र नभई भण्डारण गरेको बालीलाई किराबाट बचाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । सुकाएर राखेको बोझोलाई बालीमा राख्दा किरा लाग्दैन । 


कसैलाई भने बोझोको वासना र स्वाद मन पर्दैन । टर्रो स्वादको हुने भएकाले धेरैले खाँदैनन् । तर, बोझोले घाँटी दुखेकोदेखि स्मरणशक्ति बढाउनेसम्मको काम गर्छ । बोझोेमा पाइने रसायन मस्तिष्क विकासका लागि लाभदायक मानिन्छ । चिसोमा धेरैलाई घाँटी खसखसाउने, खोकी लाग्ने, स्वर बस्ने जस्ता समस्या देखा पर्छन् । त्यसको लागि बोझो उपयोगी हुन्छ । 

बोझोका अन्य फाइदा
–    बोझोले खोकी लागेको, स्वर बसेको र घाँटी दुखेको निको हुन्छ 
–    पेट सम्बन्धी गडबडीमा पनि यसको प्रयोग उपयोगी हुन्छ
–    स्मरणशक्ति बढाउँछ 
–    मानसिक तनाव कम गर्छ
–    शरीर वा जोर्नीको दुखाई निको पार्न मद्धत गर्छ 
–    दाँतको दुखाइ कम गर्छ 
–    बाथको लागि पनि बोझो उपयोगी मानिन्छ
–    दम रोगीका लागि बोझो प्रभावकारी मानिन्छ 
–    टन्सिल निको पार्न सघाउँछ 
–    भोक जगाउँछ 
–    पिनासको समस्या निका पार्न सघाउँछ 
–    दम र उच्च रक्तचापको लागि पनि बोझो उपयोगी मानिन्छ


 


Author

थप समाचार
x