रोग र उपचार

भारत भरोसामा पश्चिम नेपालको रोजगारी

रेमिट्यान्ससँगै एचआईभी एड्सको कहर

अतिन आचार्य |
मंसिर १४, २०७८ मगलवार १९:५१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपालबाट भारतमा काम गर्न गएका मजदुरमा एचआईभी पोजेटीभ देखिने गरेको खुलेको छ । पश्‍चिम, मध्य तथा सुदूरपश्‍चिममा गरिएको सर्भेक्षणले भारतमा काम गर्न जाने नेपालीहरूमा एड्स देखिएको छ ।

पश्चिममा ० दशमलव ३ प्रतिशत र मध्य तथा सुदूरपश्‍चिममा ० दशमलव ६ प्रतिशत रहेको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले जनाएको छ । गरिबीले च्यापदै गएको पश्‍चिम नेपालमा रोजगारीको अभाव परिवारलाई सुख दिने लालसा बोकी बाहिरीएका नेपालीले एचआईभी भित्र्याउने गरेको खुलेको छ ।


नेपालमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको छ । सन् २०२० मा गरिएको उक्त सर्वेक्षणमा लागू पदार्थ सेवन गर्नेमा एचआईभी पोजेटीभ देखिने गरेको छ ।

त्यसैगरी सन् २०१७ मा गरिएको सर्भेक्षणमा महिला यौनकर्मीमा २ दशमलव २ प्रतिशत र पुरुष समलिंगीहरूमा ६ दशमलव २ प्रतिशतका दरले रहेको छ । ३४ औ विश्‍व एड्स दिवसको अवसमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले पुरुष समलिंगीमा एड्स रहेको जानकारी दिइन् ।

एचआईभी न्यूनीकरण गर्न सबैजना सचेत हुनुपर्ने देवकोटाले बताइन् । पछिल्लो केही वर्षयता नेपालमा एचआईभी पोजेटीभ संक्रमित कम हुँदै गएको उनले जानकारी दिइन् ।

कोभिडको कारण धेरै मानिसहरूको एचआईभी परीक्षण गर्न नसकिएको उनको भनाइ छ । 'धैरै मानिसहरू बाहिर निस्कने अवस्था नरहेको र पिसीआर मेसिनले कोभिड परीक्षण गर्नुपर्ने भएकाले मेसिनको अभाव भएको थियो, ' उनले भनिन ।

उच्च जोखिममा रहेका समूहहरू दुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र तिनका ग्राहकलाई हेरचाह गर्ने कार्यक्रम रहेको उनले थप प्रस्ट पारिन् । जेलमा रहेका कैदीबन्दीहरू एचआईभी रोकथाम एवम कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् ।

सरकारले पछिल्लो समय रोजगारीका लागि विदेशीने र तिनिहरूका दम्पत्तिहरूको पनि एचआईभी परीक्षण गर्न थालेको छ । ६१ जिल्लाको ८३ एआरटी सेन्टरबाट एन्टीरेट्रोभाइरल उपाचार निशुल्क उपलब्ध गराएको छ ।

आमाको गर्भबाट बच्चालाई एचआईभी संक्रमण रोकथाम नियन्त्रण गर्न समुदायमा आधारमा पिएमटीसीटी कार्यक्रम सञ्‍चालनमा छन् । विभिन्न प्रसुती केन्द्रमा गर्भवती महिलाहरूको एचआईभी परीक्षण हुने गरेको थियो ।

देशका विभिन्न जिल्लाहरूमा १ सय ८९ वटा परामर्श तथा परीक्षण केन्द्रहरूबाट परीक्षण भइरहेको छ । जोखिममा रहेका समुदायहरूको परीक्षणलाई तीव्रता दिइरहेको उनले जानकारी दिइन् ।

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x