रोग र उपचार

आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

इकागज |
पुस ९, २०७८ शुक्रबार १८:२० बजे

जुम्ला - कार्यालय प्रमुख लामो समय बिदामा बसेपछि जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको औषधि खरिदमा समस्या भएको छ । 

दशँैमा घर बिदामा गएका  कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कर्यालयमा फर्किएका छन् । तर, उनको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन । 


आफु बिरामी भएर घर बसेको र यसबीचमा निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको प्रमुख ठाकुरले बताए । 

कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको जिकीर गरेका छन् ।  दैनिक १५ जनासम्म सेवाग्राही आउने केन्द्रमा औषधी  अभाव भएको छ । 


Author

थप समाचार
x