रोग र उपचार

संखुवासभामै निमोनिया बिरामीको उपचार

इकागज |
पुस १७, २०७८ शनिबार १५:३५ बजे

फाइल फोटो

किमाथांका - सङ्खुवासभा जिल्ला अस्पतालमा सिवियर निमोनियाको एक बिरामीलाई १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । सिवियर निमोनियाबाट पीडित भोजपुर तुङ्गेछा निवासी अर्पना जोगीलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको बाल रोग विशेषज्ञ दीपेन्द्र राईले बताए ।

विद्यालयबाट घर फर्कंदै गर्दा अर्पनाको कोखा हान्न थालेकाले आतिएका अभिभावकले स्थानीय स्वाथ्यकर्मीको सल्लाहअनुसार खाँदबारीस्थित उक्त अस्पताल लिएर आएका थिए । उनलाई सिवियर निमोनियाको लक्षण देखिएकाले  १८ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरी ३० दिनको अस्पताल बसाईंपछि आज घर फर्काइएको उनले जानकारी दिए । यसअघि कात्तिक तेस्रो हप्ता चिचिला गाउँपालिकाकी सरस्वती राईलाई पनि खेल्दाखैल्दै श्वास फेर्न गाह्रो हुन लागेकाले  अभिभावकले खाँदबारी अपस्पतालमा  लिएर आएका थिए । 


जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी अर्पनालाई जाँच गर्दा सिवियर भएको बाल विशेषज्ञ राईले बताए । त्यसपछि उनलाई तत्काल भर्ना गरेर सघन उपचार कक्षमा राखि उपचार गर्न थालियो । सिवियर निमोनिया भएपछि बच्चालाई श्वासप्रश्वासमा समस्या हुने कोखा हान्नेजस्ता लक्ष्यण देखापर्ने, बच्चा सुस्त हुने अक्सिजनको कमी भएर शरीर निलो देखिन थाल्छ । यस्तो लक्ष्यण देखिनासाथ बच्चालाई अस्पताल लगेर विशेषज्ञलाई देखाउनुपर्ने हुन्छ । 

अस्पताल आउन ढिला भए हातखुट्टामा कम्पन आउने, मुटुको गति कम हुने, पिसाब कम आउने र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने विशेषज्ञ राईले बताए । सरस्वती र अर्पनाका अभिभावकको आर्थिक अवस्था कमजोर रहेको हुनाले उनीहरुलाई खाँदबारी अस्पतालमा उपचार हुँदैन कि भनेर चिन्ता थियो तर उक्त  अस्पतालले पछिल्लो समयमा सुरु गरेको सघन उपचार कक्ष र विशेषज्ञको सेवाले यही उपचार सम्भव तुल्यायो ।  ती बिरामीलाई  अस्पतालले निःशुल्क उपचार गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले  सामाजिक इकाइ सेवाबाट आर्थिक अवस्था कमजोर भएकाका लागि सहयोग गर्ने हुनाले उनीहरुलाई अस्पतालले छुट दिएको बताए । रासस


Author

थप समाचार
x