रङ्गमन्च

सरिता शाहको फगुनियाले जित्यो वाइवार्टको प्रथम पुरस्कार

इकागज |
मंसिर २४, २०७८ शुक्रबार २३:५९ बजे

काठमाडौँ - टेलिभिजन तथा रेडियोमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय समूह आइवार्टको नेपाल च्याप्टरले तेस्रो संस्करणको लघु चलचित्र अर्थात सर्ट फिल्म प्रतिस्पर्धामा सरिता शाहको फगुनिया पहिलो भएको छ । शाहले रु २५ हजार पुरस्कार प्राप्त गरेकी छन् ।

त्यस्तै पुष्पा जोशी र एन्जेला चौधरीको ललिताले दोस्रो र श्रृषा कुँवर र अस्मिता लावतीको समाइराले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुले क्रमशः रु १५ र १० हजार प्राप्त गरे । त्यस्तै ब्रिटिश काउन्सिलको सहयोगमा आयोजित प्रतियोगितामा सोनाम छेके लामाको द माउण्टेन आर एन्ग्रीले जलवायु परिवर्तन विधामा रु २५ हजारसहित उत्कृष्ट स्थान प्राप्त ग¥यो । 


लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सिलसिलामा आयोजित लघुचलचित्र  प्रतिस्पर्धामा महिला निर्देशकद्वारा निर्देशित देशभरबाट १७  लघुचलचित्र प्रस्तुत गरिएको थियो । चलचित्रका निर्माता, निर्देशक, निर्णायकमण्डल, आइवार्ट समूहका सीमित सहभागीका बीच प्रतिस्पर्धा कार्यक्रम आयोजना गरिएको हो ।

वरिष्ठ कलाकार मिथिला शर्मा, चलचित्र विकास बोर्डका चिरञ्जीवी गुरागाईं, निर्माता तथा निर्देशक सुदर्शन थापा, निर्देशक÷लेखक सम्पदा मल्ल, नेपाल टेलिभिजनका प्रमुख निर्माता तथा आइवार्ट नेपालका सचिव नीता सापकोटालगायत निर्णायक टोलीले कथा, निर्देशन÷सन्देशका आधारमा चलचित्र मूल्याङ्कन गरेको  थियो ।

 कार्यक्रममा सिडका उपाध्यक्ष बन्दना राणाले महिलाको विषय केवल महिलाको मात्र नभएर समग्र समाजको नै भएको र महिला हिंसा कम गर्नका लागि समाजको मानसिकतामा नै परिवर्तन हुनपर्नेमा जोड दिएका थिए । 

आइवार्ट नेपाल च्याप्टरका अध्यक्ष मन्टेश्वरी राजभण्डारीले महिला निर्देशकको सीप विकास गर्दै तिनको सङ्ख्या बढाउनका लागि सर्ट फिल्मबीच प्रतिस्पर्धा आयोजना गरिएको बताइन् । प्रतियोगितामा संयोजक इच्छा गुरुङले सर्ट फिल्म प्रतिस्पर्धाका प्रक्रियागत मूल्याङ्कनका बारेमा जानकारी दिएकी थिइन् । 
 


Author

थप समाचार
x