रङ्गमन्च

नेपाली नाटक 'घेरो' इजिप्टमा मञ्चन हुँदै

इकागज |
फागुन २७, २०७८ शुक्रबार १३:१३ बजे

पोखरा - कास्कीको लोक नाटक “घेरो” इजिप्टमा मञ्चन हुने भएको छ । इजिप्टको लक्सर सहरमा हुने 'द इन्टरनेसनल थियटर फेस्टिभल फर साउर्थन यु' को छैठौं सत्रमा उत्कृष्ठ १३ अन्तर्गत नाटकले भाग लिँदै गरेको  शुक्रबार (आज) 'घेरो' नाटकको टोलीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । उक्त नाटकका लागि ९ सदस्य कलाकार मार्च १३ मा इजिप्ट प्रस्थान गर्ने भएका छन् ।

केदारनाथ पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् । नाटकमा विनोद पौडेल– मादल, रेम रसाईली – पुछारे कान्छा, ज्योती हमाल – पुछारे कान्छी, कपिल शर्मा – झाँक्री र भैंसी, निलम तामाङ् – फुरुमैं, रामहरि अधिकारी – डाँडाघरे, अनिल तिमिल्सिना – ढाकामोहनका रुपमा रहेका छन् ।


नाटकमा प्रकाश परिकल्पना विभु भुषालको रहेको छ भने प्रकाश व्यवस्थापन दीपेन्द्र पौडेलको रहेको छ । नाटकको मञ्च परिकल्पना सरोज अर्यालले गरेका हुन् । नाटक इन्द्रेणी थिएटरले उत्पादन गरेको हो । कार्यक्रममा इजिप्टका लागि नेपालका कार्यबाहक राजदूत दीपक घिमिरेको पनि सहभागिता रहने पौडेलले बताए ।

कार्यक्रम मार्च १४ देखि मार्च २१ सम्म हुने नाटकका लेखक पौडेलले जानकारी दिँदै अन्तर्राष्ट्रियस्तरका विभिन्न १२ वटा समूहसँग प्रतिष्पर्धा हुने बताए ।
इन्द्रेणी थिएटरले उत्पादन गरेको उक्त नाटक नेपाली समाजमा कुरीतिहरुले पारिरहेको असरको विषय समेटिएको लेखक पौडेलले बताए ।

नेपाली समुदायबाट लोप हुँदै गएको वालन शैलीमा यसलाई प्रस्तुत गरिएको बताउँदै एउटा सामान्य घटनाको गलत बुझाईले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तित्वहरुले कसरी त्यसको फाइदा कसरी उठाउछन् भन्ने विषयवस्तु नाटकमा देख्न पाइने र सजिलैसँग बुझ्न पनि सकिने पौडेलले बताए ।

'वालन शैलीलाई प्रयोग गरिएको, भजनबाट कथावाचन गरिने र गण्डकी प्रदेशको बोलिचालि तथा लवज नै नाटकका बलिया पक्ष हुन्”पौडेलले भने । उक्त नाटक यसअघि नेपालका विभिन्न क्षेत्र, भारत तथा साउथ कोरियामा मञ्चन भइसकेको छ ।


Author

थप समाचार
x